
पोखरा/ स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा आइतबार बिहानसम्म १ हजार मत गणना हुँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ४०६ मत पाएर अग्रता बनाइरहेका छन् ।
मेयरका एमालेका कृष्ण थापाले ३५४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले ३७१ तथा काँग्रेसकी कोपिला रानाभाटले ४५९ मत पाएकी छन् ।
प्रतिक्रिया