Pura Samachar

चन्द्रागिरिमा कोरोना संक्रमितको संख्या ९१

प्रकाशित: August 31, 2020

चन्द्रागिरिमा कोरोना संक्रमितको संख्या ९१

काठमाडौं । काठमाडौँ उपत्यका प्रवेशद्वारमा पर्ने चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ । नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना संक्रमण देखिए पुष्टि गरेका छन् ।

उनले संक्रमितमध्ये ४७ जना डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए । नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा पाँच, वडा नं ४ मा तीन, वडा नं ५ मा चार, वडा नं ६ मा चार, वडा नं ७ मा पाँच, वडा नं ८ मा १०, वडा नं ९ मा छ, वडा नं १० मा सात, वडा नं ११ मा १०, वडा नं १२ मा १२, वडा नं १३ मा सात, वडा नं १४ मा चार र वडा नं १५ मा १० संक्रमित देखिएका छन् ।

सोमध्ये वडा नं १ मा एक, वडा नं ३ मा चार, वडा नं ४ मा दुई, वडा नं ५ मा एक, वडा नं ६ मा दुई, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं ९ मा तीन, वडा नं १० मा तीन, वडा नं ११ मा नौ, वडा नं १२ मा आठ, वडा नं १३ मा एक, वडा नं १४ मा एक र वडा नं १५ मा पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

नगरपालिकामा रहेका सक्रिय संक्रमितमध्ये २१ जनाको उपत्यकाका विभिन्न अस्पताल र २३ जनाको होम आइसोलेसमा उपचार भइरहेको जनाइएको छ । चन्द्रागिरिमा हालसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

नगरपालिकाभित्रका १५ वटै वडामा पीसीआर परीक्षण बढाइएको नगर प्रमुख गिरीले बताए । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।

प्रतिक्रिया