
जाजरकाेट । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक २३ वर्षीय प्रकाशसिंह धामी तथा २२ वर्षीय नविनसिंह धामी र १९ वर्षीय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन् ।
प्रतिक्रिया