Pura Samachar

आजको राशिफल

प्रकाशित: May 17, 2022
पूरा समाचार

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । रुपैँया पैसाको कारोबार हुने दिन रहेको छ । आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कडा प्रयास गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । उत्तम रोजगारी मिल्नेछ । नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाँउबाट आर्थिक लाभ पनि होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मनमुटाव पनि होला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । पढाइ लेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
विभिन्न भौतिक साधन जुट्नुका साथै व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन् । मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ, सावधान रहनु होला । लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस पुर्याउनु होला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोट पटकका लाग्न सक्छ, सावधान रहनु होला ।

प्रतिक्रिया