
४ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले दुई हजार २५ मत पाएका छन् ।उपमेयरमा भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १२ हजार १०२ मत पाएका छन् भने नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत पाएकी छन् । नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले दुई हजार ७२२ मत पाएकी छन् ।
प्रतिक्रिया