Pura Samachar

देशभर ४७० पालिकाको नतिजा सार्वजनिक

प्रकाशित: May 18, 2022
पूरा समाचार

देशभर ४७० पालिकाको नतिजा सार्वजनिक

काठमाडौं, ४ जेठ । देशभर ४७० पालिकाको नतिजा सार्वजनिक भएको छ । २५५ पालिकाको मतगणना जारी छ । बाँकी २८ मा विविध कारणले मतगणना सुरु भएको छैन ।

जसमध्ये नेपाली काँग्रेस २११ पालिका जितेर पहिलो स्थानमा छ । काँग्रेसले १११ स्थानमा अग्रता लिइरहेको छ । १३१ मा एमाले जितेको छ भने ६३ मा अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रले ९२ पालिका जितेको छ । उसले २६ मा अग्रता बनाइरहेको छ । जसपाले ८ पालिका जित्दा २५ मा अग्रता बनाइरहेको छ ।
नेकपा एसले ७ पालिका जितेको छ । उसले १३ मा अग्रता बनाइरहेको छ । लोसपा १० मा अगाडि छ ।

पालिका जितेका दलहरुमा राप्रपा, सीके राउत नेतृत्वको जनमत पार्टी, तमलोपा पनि छन् । स्वतन्त्रले पनि केही स्थानमा जीत निकाल्दै केहीमा अग्रता बनाइरहेका छन् ।

प्रतिक्रिया