Pura Samachar

असममा बाढको प्रकोप गंभीर, सेना द्वारा खाद्य वितरण

प्रकाशित: May 18, 2022
पूरा समाचार

असममा बाढको प्रकोप गंभीर, सेना द्वारा खाद्य वितरण

डा. हरिमोहन पोखरेल

कोहिमा /गतः दुई साता देखि निरन्तर रुपमा परेको पानीले अचानक बाढको रूपमा परिवर्तित भए देखि पूर्वोत्तर भारतको असममा भने भयानक रूप लिँदै धेरै भन्दा धेरै जानमालको समेत हानी नोक्सानी गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार असमको
बाढीले अत्यन्त प्रभावित छेत्रको रूपमा दिमाहसाऔ लगायत बराकभेली र हाफलोङ र लामडिङमा भने अहिले सम्ममा लगभग चारलाख मानिसहरू प्रभावित भएको खबर छ ।
एनडीआरएफ, एसडीआरएफ लगायत भारतीय वायुसेना र आर्मी र पुलिस लगायत सामाजिक संस्थाहरूले सक्दो राहत पुर्याएको कुरा पनि प्रकाशमा आएको छ ।
हवाई सेवाको माध्यमबाट आपतमा परेकाहरूलाई पल -पलमा तैनात रहेको कुरा पनि भारतीय सेनाले जनाएको छ ।
भारतीय वासुसेनाले आजबाट दिमाहसाऔ एरिया र बराक भेलीमा खाद्य सामाग्री वितरण गर्ने कुरा पनि गरेको छ ।
यसरी नै नागालैंडमा पनि सेचु जुबुजा एरियामा गएको पहिरोले गर्दा राष्ट्रिय राजमार्ग दुई बंद भएको र मणिपुरको तर्फ जाने मालगाडीहरू बाटोमा फॅसी रहेको खबर छ ।
मणिपुरका केही ठाउँमा पनि पहिरोले बराक नदीको पूल समेत बगाएर लागेको साथै इम्फाल शहरका केही ठाउँमा आंशिक रुपमा डुबाऊ भएको खबर छ ।
असममा बाढको ताण्डव कहिले सम्म रोकिने हो ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया