Pura Samachar

गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २० हजार ७४९ मत प्राप्त

प्रकाशित: May 19, 2022
पूरा समाचार

गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २० हजार ७४९ मत प्राप्त

पोखरा- स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन्।

जारी मतगणनामा ५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २० हजार ७४९ मत प्राप्त गरेका छन्।

नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले १८ हजार ३६६ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले दुई हजार ३८३ मतले अग्रता हासिल गरेका हुन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २० हजार ९६३ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्‍जु गुरुङले २० हजार ९७७ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया