Pura Samachar

हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

प्रकाशित: May 19, 2022
पूरा समाचार

हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले १३ वटा पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १२ पालिकामा जित हात पारेको छ।

७ जना स्वतन्त्र उम्मेदवारले पालिकामा प्रमुख पद जित्दा राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख पद जितेको छ।

प्रतिक्रिया