
विश्व कीर्तिमानी समाजको आयोजनामा सर्बोच्च शिखर सगरमाथा आधार सिबिरमा हुन लागेको ” world’s highest climate summit 2022″ को लागि अमेरिकी बैज्ञानिक सहितको टोलि आधार सिबिर जाने भएको छ। जलवायु परिवर्तनको असरले पारेको असर र न्यूनीकरण सम्बन्धि बैज्ञानिक तथ्यहरुलाई विश्व समुदाय पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममा नेपालकै पुरानो र ठुलो विश्व विद्यालय Tribhuvan University , अमेरिका कोलोराडो स्थित Colorado university – USA, State University of Colorado – USA को वरिष्ठ वातावरण बैज्ञानिकहरुको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो। 
मंगलबार काठमाडौ आइपुगेका दुई जना वातावरण बैज्ञानिक र त्रिभुवन विश्व विद्यालयका बैज्ञानिक टोलि सहित आधार शिबिर जाने टोलिलाई सम्माननिय उपराष्टपति नन्द बहादुर पुनले बिहिवार उपराष्टपति कार्यलयमा झण्डा हस्तान्तरण गर्नु भएको छ। विश्व किर्तिमानी समाजका अध्यक्ष सन्च बहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको छ। झण्डा हस्तान्तरण गर्दै यो अत्यान्तै सह्रानिय कार्य भएको बताउदै राज्यले गर्नुपर्ने कार्य यसरी अन्य संघ संस्थाले गर्दा आफु अत्यान्तै खुसी भएको बताए। यो कार्यक्रमले विश्व समुदायलाई राम्रो प्रभावकारी रुपमा संदेश दिने बताए। यति हामीले जलवायु सम्बन्धि सचेत नहुने हो भने अबको केही पुस्ता बाहेक जिवित नरहने बताउनु भयो। ठूलो र शक्तिशाली देशहरुले कार्वन उत्सर्जन गरेको कारण समस्या आएको बताउदै अलि बढी शक्ति राष्ट्रहरु नै जिम्मेवार रहनुपर्ने बताउदै अमेरिकि बैज्ञानिकहरुलाई आफ्नो विश्व विद्यालयले यश सम्बन्धि पहल गर्न आग्रह समेत गर्नु भयो।

शुक्रवार सामाजका अध्यक्षको नेतृत्वमा बैज्ञानिक सहितको टिम लुक्ला हुँदै सगरमाथा आधार शिबिरसम्म पैदल यात्रा गरेर जाने छन। टोलिमा विश्व विद्यालयका बैज्ञानिकहरु सहित संस्थाका प्रतिनिधिहरु, बरिष्ठ साउण्ड ईन्जिनियर, छायांकन लगायतको टिम कार्यक्रममा सहभागी रहनेछन ।
सगरमाथा आधार शिबिरमा जेष्ठ १५ गते कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा त्रिभुवन विश्व विद्यालयको तर्फबाट प्रा. डा. शिक्षाध्यक्ष शिवलाल भुसालको नेतृत्वमा अनुसंधान बिभागका निर्देशक प्रा. डा. उमेश मण्डल, डा. नारायण प्रसाद घिमिरे ( CDB, TU ), डा. दिबस श्रेष्ठ ( CDHM, TU ) Colorado state university (USA) बाट प्रा. डा. जोयल बर्गर, Colorado university, (USA) बाट जोअन्ना ल्याम्बर्ट सहभागी रहने छन।
प्रतिक्रिया