Pura Samachar

चितवनमा हावाहुरीले रुख ढाल्दा तीन जनाको मृत्यु

प्रकाशित: May 21, 2022
पूरा समाचार

चितवनमा हावाहुरीले रुख ढाल्दा तीन जनाको मृत्यु

चितवनमा हावाहुरीले रुख ढाल्दा तीन जनाको मृत्यु भएको छ।

हावाहुरीको कारण ढलेको रुखले भरतपुर महानगरपालिका ११ भोजाड जंगलको भित्री सडक खण्डमा अटोलाई किच्दा २ जनाको मृत्यु भएको छ।

पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई किच्दा अटो चालक भरतपुर ११ लामाटोलका ५० वर्षीय प्रदिप कुमार लामा र सोही अटोमा सवार अन्दाजी ५० वर्षीया महिलाको घट्ना स्थलमै मृत्यु भएको हो।अटोमा सवार २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमांया गुरुङ घाईते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

बिशाल चोकबाट बसेनितर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको  म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने ४८ वर्षीय  लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ।

हावा हुरीको कारण महानगरको विभिन्न स्थानहरुमा रुख तथा बिजुलीको पोल ढलेको छ। त्यहाँ विभिन्न ठाउँमा सडक र विद्युत पनि अवरुद्ध भएको छ।

हावा हुरीकै कारण ढलेको रुखले भरतपुर महानगरपालिका ११ कै बसेनि चोकमा म्याजिकलाई किचेको छ।

प्रतिक्रिया