Pura Samachar

भारतसँगको तनावका बीच चीनद्वारा तिब्बतबारे अहम घोषणा

प्रकाशित: August 31, 2020

भारतसँगको तनावका बीच चीनद्वारा तिब्बतबारे अहम घोषणा

बेइजिङ ।  भारतसँग सीमा क्षेत्रमा जारी तनावका बीच चीनका राष्ट्रपति शी जिनपिङले ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणको प्रयास गर्न आह्वान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनको सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्षसमेत रहेका जिनपिङले बेइजिङमा तिब्बतका विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो आह्वान गरेका हुन् ।

तिब्बतमा स्थिरता कायम राख्न र राष्ट्रिय एकताको रक्षाका लागि अझै प्रयासहरु गर्न आवश्यक रहेको उनको भनाइ थियो । चीनले १९५० मा तिब्बतमाथि नियन्त्रण स्थापित गरेको थियो ।

जिनपिङको आह्वानअघि चीनका विदेश मन्त्री वाङ यीले तिब्बतको भ्रमण गर्दै भारतसँग सीमा जोडिएका स्थानमा भइरहेको निर्माण कायहरुको अवलोकन गरेका थिए ।

सरकारी समाचार एजेन्सी सिन्हुआका अनुसार राष्ट्रपति जिनपिङले बैठकमा भने, “तिब्बतका विद्यालयहरुमा राजनीतिक र वैचारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता देखिएको छ । जसबाट तिब्बतका हरेक युवामा चीनप्रतिको माया बढाउन सकियोस् ।”

तिब्बतमा कम्युनिस्ट पार्टीको भूमिका अझै मजबुत बनाउन जातीय समूहहरुला्रई राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

“हामीले एकजुट, समृद्ध, सभ्य, सामन्जस्यपूर्ण र सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाने संकल्प लिनुपर्छ,” राष्ट्रपति जिनपिङले भने, “तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थिति अनुकूल बनाउन जरुरी थियो ।”

तर, आलोचकहरुले भनेका छन् कि ‘यदि जिनपिङले बैठकमा दाबी गरे जसरी चीनबाट तिब्बतमा साच्चै नै फाइदा पुगेको भए न त चीनलाई बिखण्डनवाद (अलगाववाद) को डर हुने थिएन, न चीन तिब्बतका मानिसहरुमा शिक्षाका माध्यमबाट ‘नयाँ राजनीतिक चेतना’ भर्ने कुरा गथ्र्यो ।’

निर्वासित आध्यात्मिक नेता दलाई लामाको पक्षमा वकालत गर्ने आलोचकहरुको भनाइ छ– ‘चीनले तिब्बतका नागरिक र उनीहरुको संस्कृतिमाथि नराम्रो गरेको छ ।’

-बीबीसीबाट

प्रतिक्रिया