
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यले आज भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको पुण्यतिथिको अवसरमा एन्टी टेरोरिजम दिवस मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार मणिपुर राइफल्सको बेङकेट हलमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि सन १९९१ को दिन भारतका प्रधानमन्त्रीलाई तमिलनाडुको पेरेमबदूरमा सुसाइड बमर द्वारा हत्या गरिए पश्चात आजको दिनलाई एन्टी टेरोरिजम दिवस भनेर पालन गरिन्छ ।
उनले अगाडि भने कि संसारको कुनै पनि ठाउँमा हतियार उठाएर विश्व विजयी बन्न सकिँदैन ।शान्ति द्वारा नै हामीले ईश्वरको दिल सम्म जित्न सकिन्छ ।
यस अवसर राज्यका सिविल तथा अन्य पदाधिकारीहरूले एन्टी टेरोरिजम डे को शपथ लिए ।
स्मरण रहोस प्रत्येक वर्ष आजको दिन एन्टी टेरोरिजम डे मनाउने गरिन्छ ।

प्रतिक्रिया