Pura Samachar

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले भत्कायो एमालेकाे लालकिल्ला

प्रकाशित: May 21, 2022
पूरा समाचार

बुटवल उपमहानगरपालिकामा  नेपाली कांग्रेसले भत्कायो एमालेकाे लालकिल्ला

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३०,१३० मत ल्याई विजयी भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन्। पराजित बाबुराम भट्टराईले २२,५९७ मत ल्याएका छन्।यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत ल्याएका छन्।बुटवलमा ६३ हजार १७ मत खसेको थियो। कांग्रेससहितको ५ दलीय गठबन्धन भएको उपमहानगरमा एमालेले जनमुक्ति पार्टीका साथ लिएको थियो। जनमुक्ति पार्टीका केही उम्मेदवारले सदस्य भने जितेका छन्।बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ। एमाले ५ वडामा खुम्चिएको छ। स्वतन्त्र, गठबन्धनबाट रुख चिन्ह लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक-एक वडा जितेका छन्। जबकि ०७४ को चुनावमा यहाँ प्रमुख/उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो। कांग्रेस २ वडामा मात्रै खुम्चिएको थियो।२०५४ देखि लालकिल्ला बनेको बुटवल उपमहानगरमा एमालेले ठूलो हार बेहोरेको छ। बुटवलमा भएको अस्थायी राजधानी दाङ लैजानु, पार्टी फुट, मोतीपुर औद्योगिक क्षेत्र मुआब्जा विवाद, चौराह गोलपार्क क्षेत्रको भताभुङ्ग राजमार्ग र मतदाताबीच कम भिजेका प्रमुखका उम्मेदवार एमालेका लागि हारका कारण बनेको विश्लेषक बताउँछन्।

प्रतिक्रिया