Pura Samachar

आज हुने खेलले नै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुने

प्रकाशित: May 22, 2022
पूरा समाचार

आज हुने खेलले नै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुने

सिटीले जित निकाले उपाधि पक्का हुनेछ । यदि सिटीले बराबरी गरेमा र लिभरपुलले जित निकालेमा उपाधि लिभरपुलको हातमा आउने छ । तर, दुबै टोलीले जित निकाले सिटीले उपाधि उचाल्ने छ । सिटी ३७ खेलबाट ९० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । लिभरपुल ८९ अंक जोडेर दोस्रो स्थानमा छ । सिटीले एस्ट्रन भिल्लासँग र भिलरपुलले  उल्भ्ससँग खेल्नेछ । दुबै  खेल राति ८ः४५ बाट सुरु हुनेछ ।आजको खेलमा आर्सनल र टोटेनहमको खेल पनि रोचक हुनेछ । च्याम्पियन्स लिग होडमा भएको टोटेनहमले जित निकाल्न सके अर्काे सिजन च्याम्पियन्स लिग खेल्नेछ ।
यता आर्सनललाई पनि जितको आवश्यक छ । यदि टोटेनहम पराजित हुँदा आर्सनलले जित निकाल्न सक्यो भने आर्सनलल च्याम्पियन्स लिग खेल्न पाउने छ ।
टोटेनहमलाई बराबरीको नतिजाले पनि पुग्नेछ । यता लिड्स युनाइटेड र बर्नली रेलिगेसनबाट जोगिने दाउमा हुनेछन् । दुबै टोलीलाई जितको आवश्यक छ । दुबै टोलीले जित निकालेमा लिड्स रेलिगेसनमा जानेछ ।

प्रतिक्रिया