Pura Samachar

थप ६ जनामा कोरोना संक्रमण पुष्टि ,१४१ जना सक्रिय संक्रमित

प्रकाशित: May 22, 2022
पूरा समाचार

थप ६ जनामा कोरोना संक्रमण पुष्टि ,१४१ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय २६ जनामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १४१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया