Pura Samachar

उदयपुरमा आज बिहान चट्याङ लागेर एक महिलाको ज्यान गयाे

प्रकाशित: May 22, 2022
पूरा समाचार

उदयपुरमा आज  बिहान चट्याङ लागेर एक महिलाको ज्यान गयाे

८ जेठ, उदयपुर । उदयपुरमा आज आइतवार बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । आज आइतवार बिहान चट्याङ लागेर कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको अवस्थामा पानी परिरहेको बेला चट्याङ लाग्दा बुढाथोकी घाइते हुनुभएको थियो ।

बुढाथोकीलाई उपचारका लागि कटारी अस्पतालमा पुर्‍याएलगत्तै उनको ज्यान गएको हो ।

प्रतिक्रिया