Pura Samachar

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित: May 23, 2022
पूरा समाचार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका-८, संग्राहलयचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी छ ।

गए राति करिब ९ बजे ना३त ७०७३ नम्बरको ट्याक्टरले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारका क्रममा झाझपुलस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
बर्दियाको बारबर्दिया नगरपालिका-७, सिउनियामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । स्थानीय ५३ वर्षीया रीता रिजालको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका-११, सौनहवामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

हिजो बेलुका करिब सवा ८ बजे कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु७५प ४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीनजना सवार लु८प १५०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकलका चालक कृष्णनगर नगरपालिका-१०, बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका अर्को मोटरसाइकलका चालकसहित चारजनाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रतिक्रिया