Pura Samachar

थप १० जनामा कोरोना संक्रमण पुष्टि,१३३ जना सक्रिय संक्रमित

प्रकाशित: May 23, 2022
पूरा समाचार

थप १० जनामा कोरोना संक्रमण पुष्टि,१३३ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । ३१३८८ जनाले खोप लगाए ।

प्रतिक्रिया