Pura Samachar

पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: May 24, 2022
पूरा समाचार

पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र  राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग आइपीएलको पहिलो क्वालिफायरमा आज शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

इडेन गार्डेन कोलकातामा बेलुका पौने ८ बजे उक्त खेल हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

बुधबार भोली तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ भने शुक्रबार दोस्रो क्वालिफायर हुनेछ ।

आइतबार भने अहमदाबादमा आइपीएलको फाइनल खेल हुनेछ ।

प्रतिक्रिया