Pura Samachar

चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमादाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित

प्रकाशित: May 24, 2022
पूरा समाचार

चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमादाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।

भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया