Pura Samachar

निर्वाचन आयोगले मंगलवारबाट निर्वाचन आचारसंहिता लागू नहुने

प्रकाशित: May 24, 2022
पूरा समाचार

निर्वाचन आयोगले मंगलवारबाट निर्वाचन आचारसंहिता लागू नहुने

काठमाडौं । निर्वाचन आयोगले मंगलवारबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले मंगलवार जारी गरेको विज्ञप्तिम भनिएको छ ।

आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकैचरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो ।

प्रतिक्रिया