Pura Samachar

कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुमति दिँदा ‘गम्भीरता’ अपनाऔं : डब्लूएचओ

प्रकाशित: September 1, 2020

कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुमति दिँदा ‘गम्भीरता’ अपनाऔं : डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई ‘गम्भीरता’ का साथ लिन आवश्यक रहेको बताएको छ ।

डब्लूएचओको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँगको कुराकानीमा सबै देशहरुलाई ट्रायल पूरा नगरेरै औषधिलाई अनुमति दिने अधिकार भए पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई हलुका रुपमा लिने काम नभएको बताइन् ।

डब्लूएचओले अहिले ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको र एक सय ४३ खोप अहिले प्रि–क्लिनिकल इभ्याल्युएसनको चरणमा रहेका जनाएको छ ।

यसका साथै डब्लूएचओले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशहरुलाई चेतावनी दिएको छ । स्वास्थ्य संगठनले अहिले पनि ठूलो संख्यामा नयाँ संक्रमित फेला परिरहेका देशमा नागरिकलाई एकत्रित हुने अनुमति दिए अवस्था भयावह हुने बताएको छ ।

–बीबीसीबाट

प्रतिक्रिया