Pura Samachar

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख नाघ्यो, आठ लाख ४४ हजारको मृत्यु

प्रकाशित: September 1, 2020

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख नाघ्यो, आठ लाख ४४ हजारको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड ५१ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख १८ हजार ६ सय ८९ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या आठ लाख ४४ हजार तीन सय १२ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

अमेरिकामा संक्रमतिको संख्या ५८ लाख ९९ हजार पाँच सय चार र ब्राजिलमा ३८ लाख ४६ हजार एक सय ५३ पुगेको डब्लूएचओले जनाएको छ । तेस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ३६ लाख २१ हजार दुई सय ४५ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।

प्रतिक्रिया