
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामानुसार प्रमुख पदमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार गेहेन्द्र गिरीले २७ हजार ७१७ मत पाए ।
उप्रमुखमा पनि एमालेकै स्यानी चौधरी ३० हजार ५९७ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानामगरले २१ हजार ६५ मत ल्याए ।
प्रतिक्रिया