
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहिवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राबिधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र बिश्वबाबू पुडासैनीको नाम सिफारिस गरेको हो ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ ।
प्रतिक्रिया