Pura Samachar

तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी

प्रकाशित: May 27, 2022
पूरा समाचार

तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन्।

सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले हराएका हुन्।खाणले २४३९६ मत ल्याएर विजयी हुँदा चापागाईंले २३ हजार ६३१ मत ल्याए। खाण नेपाली कांग्रेस रूपन्देहीका सभापति हुन्।
उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भइन्।

एमाले रूपन्देहीकी उपाध्यक्षसमेत रहेकी चौधरीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी माओवादी कन्द्रका हेमलाल पाण्डेलाई दोब्बरभन्दा धेरै मतले हराइन्।

प्रतिक्रिया