Pura Samachar

नेपालले टिमोर लीस्टेको अण्डर २३ टोलीसँग २–२ गोलको बराबरी खेल्यो

प्रकाशित: May 29, 2022
पूरा समाचार

नेपालले टिमोर लीस्टेको अण्डर २३ टोलीसँग २–२ गोलको बराबरी खेल्यो

काठमाण्डौं । नेपाली राष्ट्रिय टोलीले टिमोर लीस्टेको अण्डर २३ टोलीसँग सम्पन्न मैत्रीपूर्ण खेलमा बराबरीमा चित्त बुझाएको छ ।

कतारको ग्राण्ड हमाद स्टेडियममा शनिबार राति सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले टिमोर लीस्टेको अण्डर २३ टोलीसँग २–२ गोलको बराबरी खेलेको हो ।

टिमोर लीस्टेको अण्डर २३ टोलीसँग सम्पन्न खेलमा नेपालले २ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै २–२ गोलको बराबरी निकालेको हो ।

पहिलो हाफमा टिमोर लीस्टेको अण्डर २३ टोलीले नेपाललाई २–० ले पछि पारेको थियो भने नेपालले दोश्रो हाफमा २ गोल फर्काएको हो ।

कतारमा रहँदा नेपालले तीनवटा अभ्यास खेलहरु खेल्ने तालिका रहेको छ । तालिका अनुसार नेपालले आज टिमोर लिस्टेसँग खेल्यो भने दोस्रो मैत्रीपूर्ण खेल जेठ २० गते ओमानसँग खेल्नेछ । यस्तै तेश्रो मैत्रीपूर्ण खेलको बारेमा केही खुलाइएको छैन ।

कतारको तयारी पश्चात् नेपाली टोली कुवेतमा आयोजना हुने एशिन कप छनोटका लागि जेठ २१ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

एशियन कप छनोटका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । जसको कप्तानीको जिम्मेवारी एन्फाले नवयुग श्रेष्ठलाई दिएको छ ।

प्रशिक्षक अल्मुताइरीले आफ्नो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै क्याम्प छाँडेका सिनियर टोलीका ११ खेलाडीलाई बाहिर राख्दै एशियन कप छनोट खेल्ने टोली घोषणा गरेका हुन् । १० खेलाडीले बैशाख १३ गते बन्द प्रशिक्षण छाडेका थिए ।

प्रतिक्रिया