Pura Samachar

सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: May 30, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयाे

काठमाडौं । साताको दोस्रो दिन सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सयले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार ५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया