Pura Samachar

आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरमा सवार सबै यात्रुको शव फेला

प्रकाशित: May 30, 2022
पूरा समाचार

आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरमा सवार सबै यात्रुको शव फेला

खराब मौसम र अप्ठ्यारो भूगोलका कारण शव निकाल्न भने समस्या भइरहेको उद्धारकर्ताले बताएका छन्। शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको हो। फेला परेका शवको पहिचान पनि भएको छैन।

संकलन गरिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउने काम गरिरहेको छ। दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको छ। संकलित शव काठमाडौं ल्याउने तयारी छ।

प्रतिक्रिया