Pura Samachar

प्रधानमन्त्रीलाई मुस्कानको प्रश्‍न – मलाई एसिड छ्याप्‍नेलाई किन छाडियो ?

प्रकाशित: September 3, 2020

प्रधानमन्त्रीलाई मुस्कानको प्रश्‍न – मलाई एसिड छ्याप्‍नेलाई किन छाडियो ?

काठमाडौं । एसिडपीडित किशोरी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।

आफूलाई तेजाब छ्याप्ने अभियुक्तहरूलाई प्रहरीले छाडिदिएपछि मुस्कान आहत बनेकी थिइन् । न्यायको आश मरेको थियो ।

प्रधानमन्त्रीले मुस्कानलाई बोलाएर उनको पीडा बुझेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

“अभियुक्तहरूलाई छाडिएकोमा उनको गुनासो थियो । प्रधानमन्त्रीले त्यसबारे बुझ्ने जवाफ दिनुभएको छ,” थापाले भने ।

प्रधानमन्त्रीले तेजाब ओसार, पसार, बिक्रीमा कडाइ गर्ने आश्वासन पनि दिएको थापाको भनाइ थियो । त्यस्तै नेपालमा हालसम्म रहेका तेजाबपीडितहरूसँग भेटेर छलफल गर्ने र उनीहरूको सुझावको आधारमा विद्यमान कानुन हेरफेर गर्नेसम्मको आश्वासन दिएको थापाले जानकारी दिए ।

“नेपालमा हालसम्म दुई दर्जनजति त्यस्ता केस रहेछन् । ती घटनाका पीडित सबैसँग छलफल गरेर विद्यमान कानुन हेरफेरको प्रक्रिया बढाउने पनि बताउनुभएको छ,” थापाले भने ।

प्रतिक्रिया