Pura Samachar

श्रीलंकाले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा

प्रकाशित: June 2, 2022
पूरा समाचार

श्रीलंकाले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा

श्रीलंकाले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ ।

श्रीलंकाले बुधवार घरेलु सिरिजका लागि टोलीको घोषणा गरेको हो ।श्रीलंकाले डसुन शनकाको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।

श्रीलंकाले घोषणा गरेको टोलीमा मथिसा पाथिराना र नुवान्डो फेर्नान्डो पहिलो पटक टी-ट्वान्टी टोलीमा परेका छन् ।

घरेलु मैदानमा श्रीलंकाले अष्ट्रेलियासँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

कोलम्बोमा हुने सिरिज जुन ७ मा शुरू हुनेछ ।

प्रतिक्रिया