
कास्की — कास्कीमा बुधबार आमाछोरी मृत फेला परेका छन् । चितवन रत्ननगर नगरपालिका १३ घर भई कास्की पोखरा महानगरपालिका ८ सिर्जना चोक नजिक डेरा गरी बस्ने वर्ष ३६ की सुशीला शर्मा र उनकी छोरी वर्ष ७ की सोनिका मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।उनका अनुसार कोठामा ढोकाको चुकुल लगाई सुशीला पंखाको हुकमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको र निजको छोरी ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन्।प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया