Pura Samachar

बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे निवेदनमा उच्च अदालतमा वहस सुरु

प्रकाशित: June 2, 2022
पूरा समाचार

बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे निवेदनमा उच्च अदालतमा वहस सुरु

पाेखरा – बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायाधीश  द्वय ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालकाे ५ जना र प्रतिवादीकाे तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पाेखरामा शाहकाे तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा  उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेकाे थियाे । १५ चैतमा  उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी  निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी  सरिसकेकाे छ ।

प्रतिक्रिया