
डा. हरिमोहन पोखरेल कोहिमा /प्रतिबंधित संगठन युनाइटेड ट्राइवेलस आर्मी ( UTA )का चौदह जना केडरले मुख्यमन्त्रीको अगाडि आफ्ना हतियारका साथ आत्म समर्पण गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार होम कमिङ कार्यक्रम अंतर्गत यूटीएले आत्म समर्पण गर्यो ।जसमा नौवटा राइफल, नौवटा ससाना गन, आठवटा हेंड ग्रेनेड र अन्य सामाग्री रहेको छ ।
प्रथम मणिपुर राइफलको बेङकेट हलमा आयोजित सो समर्पण समारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि राज्यका सबै प्रतिबंधित अलगाववादी सङ्गठनहरूले आफ्नो नराम्रो बाटो छोडेर मुख्यधारा संग जोड्नुपर्ने छ ।
उनले अगाडि भने कि सरकारले फर्कि आउने र मुख्यधारा संग जोडिन खोज्ने हरुलाई सक्दो मदद र सहयोग गर्ने छ ।
उनले अगाडि थपे कि हतियार उठाएर जीत कदापि संभव छैन ।
यस अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया