Pura Samachar

सिमरा विमानस्थल जेठ २४ गते देखि असार १३ गते दैनिक उडानको समय कटौती ,बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुँने

प्रकाशित: June 3, 2022
पूरा समाचार

सिमरा विमानस्थल जेठ २४ गते देखि असार १३ गते दैनिक उडानको समय कटौती  ,बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुँने

बारा- सिमरा विमानस्थलबाट यही जेठ २४ गते देखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ ।

वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत तथा सम्भारका लागि  दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ ।

विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुँने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए । भट्टका अनुसार २० दिन भित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ ।

प्रतिक्रिया