
रिकार्डो होर्टाको गोलमा पोर्चुगलले बिहीबार नेसन्स लिगमा स्पेनसँग बराबरी खेल्दै एक अंक बाडेको छ। पहिलो हाफमा अल्भारो मोराटाले घरेलु मैदानमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए तर लुइस एनरिकेको टोलीले अन्तिम सम्म सुरक्षित गर्न सकेनन्।
बिहीबार राति भएको खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन्।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै लिग ए समूह २ को स्पेनले पहिलो खेलमा १ अंक जोडेको छ । पोर्चुगलले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।
स्पेन तेस्रो र पोर्चुगल दोस्रो स्थान रहेको छ । यसै समूहको अर्को खेलमा चेक रिपब्लिकले स्विजरल्याण्डलाई २-१ ले हराएको छ । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।ल
प्रतिक्रिया