Pura Samachar

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट: नेपालले आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: June 4, 2022
पूरा समाचार

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट:  नेपालले आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा युएईको सामना गर्न लागेको हो । नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।

आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो।

युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार  मलेसियाविरुद्ध खेल्नेछ

प्रतिक्रिया