Pura Samachar

लोसपाका अध्यक्ष महन्थ ठाकुर बालुवाटारमा

प्रकाशित: June 4, 2022
पूरा समाचार

लोसपाका अध्यक्ष महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार गएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार गएका हुन् ।

शनिबारदेखि लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । आजको बैठक सकिएपछि अध्यक्ष ठाकुर बालुवाटार गएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

प्रधानमन्त्रीसित ठाकुरको भेटवार्ताको विषय भने खुलाइएको छैन । भोलि बिहान ११ बजे पुनः बस्ने पार्टी बैठकमा त्यसबारे ब्रिफिङ हुने झाको भनाइ छ ।

प्रतिक्रिया