Pura Samachar

टेकुस्थित एउटा पेट्रोल पम्पमा बिस्फोट हुँदा दुई जना घाइते

प्रकाशित: June 5, 2022
पूरा समाचार

टेकुस्थित एउटा पेट्रोल पम्पमा बिस्फोट हुँदा दुई जना घाइते

काठमाडौं – काठमाडौंको टेकुस्थित एउटा पेट्रोल पम्पमा बिस्फोट हुँदा दुई जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार टेकुस्थित कनक पम्पकाे इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्याँस बिस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा पर्सा जगन्नाथपुर गाउँपालिक– ३ घर भई काठमाडौंको कालिमाटी बस्दै आइरहेका ३० वर्षीय किशोरी शाह र १८ वर्षीय दीपककुमार शाह रहेका छन् ।

प्रवक्ता मैनालीका अनुसार किशोरीका दुवै हात र दुवै खुट्टाका साथै अनुहार र छाती जलेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । त्यस्तै, शाहको बायाँ गाला पोलिएको छ । उनी पनि बोल्न सक्ने अवस्थामा छन् ।

घाइते दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया