
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-१२, चप्परगौडीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
गए राति करिब पौने १२ बजेचप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे१२प ३३९८ र विपरीत दिशाबाट आउँदै गरेको भे११प ११८१ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर-२ का २९ वर्षीय खड्क गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।
घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार कोहलपुर-२ का २९ वर्षीय रामबहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका-८ का ३८ वर्षीय दलबहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
प्रतिक्रिया