Pura Samachar

सर्लाहीमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

प्रकाशित: June 6, 2022
पूरा समाचार

सर्लाहीमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

काठमाडौं । सर्लाहीमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा–२ बस्ने ४० वर्षीय विश्वनाथ महतो छन् । ब्रह्मपुरी गाउँपालिका–४ स्थित सडकबाट पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया