Pura Samachar

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएको खै ?

प्रकाशित: September 4, 2020

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएको खै ?

कोभिड— १९ को कारण स्वदेश तथा विदेशमा रहेका नेपाली युवा बेरोजगार भएका छन । अहिले राज्यसामु यो चुनौतीको बिषय बनेको छ । विदेशमा रहेका नेपाली युवाहरुले पठाएको रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र चलायमान भएको हो । अवका दिनमा कसरी अर्थतन्त्र चलायमान बनाउने भन्र्ने बिषयमा सोच्नु पर्ने बेला भएको छ । स्वदेशमै बेरोजगारको दर बढिरहेको छ । यो राज्य सामु ठूलो समस्याका रुपमा तेर्सिएको छ । बिदेसिएका युवाहरु नेपाल फर्केपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्र्ने बिषयमा राज्यले सोच्नु पर्ने जरुरी देखिएको छ । अव देश निर्माणको अवसर यही हो । नीति तथा कार्यक्रम तय गरी सरकार अघि बढनु पर्ने बेला आएको छ । साँच्चै मुलुकले काँचुली फेर्ने सुवर्ण अवसर पनि हो यो । यसका लागि राज्यले अल्पकालीन र दीर्घकालीन योजना बनाएर युवाको व्यवस्थापनतिर ध्यान दिनुपर्छ। बेरोजगार युवाहरुका बिषयमा राज्यले बेलैमा सोच्न सकेन भने भोली ठूलो समस्या आउन सक्छ ।

उनीहरूको बिषयमा राज्यले बिशेष ध्यान दिने हो भने मुलुकको भविष्य उज्ज्वल बनाउन सकिन्छ। तसर्थ उनीहरूका लागि रोजगारका बाटा खोज्नुपर्छ।मुलुकको बिकास र समृद्धिका लागि उनीहरूको भूमिका महत्वपूर्ण छ । कोभिडका कारण रोजगार गुमाएर विदेशबाट सात लाख युवा फर्कने प्रारम्भिक अनुमान छ। नेपालमा पनि बेरोजगार दर बढिरहेको छ। पछिल्लो समय युवा फर्कने क्रम मलेसिया, साउदी अरबलगायतका खाडी मुलुकबाट बढी छ। राज्यले सबैभन्दा पहिला विदेशबाट फर्केका र स्वदेशमा रोजगार गुमाएकाको अवस्थाका बिषयमा ध्यान दिनु पर्ने आबश्यकता छ ।
राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षाको ढोका खोलिदिनुपर्छ । यो अहिलेको आबश्यकता हो । युवाहरू पढाइसँगै रोजगारलाई पनि अघि बढाउन सक्ने योजना सरकारले ल्याउनु पर्छ । अव नेपालमा कामलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्छ। कामलाई सम्मान दर्शाउने विषयलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गरेर विद्यार्थीलाई पढाउनुपर्छ। नेपाली पैसा विदेश नै लैजाने प्रवृत्ति रोक्न नेपाली युवालाई नै सीपमूलक तालिम दिनुपर्छ।
रोजगार सिर्जना गर्ने काममा सात सय ५३ वटै सरकार सक्रिय हुनुपर्छ। हरेक सरकारले आफ्ना क्षेत्रका युवालाई स्वरोजगार बनाउने कार्यक्रम बनाउनु पर्ने आबश्यकता देखिएको छ । निजी क्षेत्रसँग सहकार्य गरेर अभियान चलाउनु पर्ने कुरा सरकारले सोच्नु पर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएको खै ? स्थानीय स्तरमा उत्पादन भएका कृषिउपजको बजार निश्चित गरिदिनुपर्छ। उद्यम गर्न चाहने युवाको लगानी सुरक्षित हुने कार्यक्रम सरकारले ल्याउनुपर्छ।

प्रतिक्रिया