
काठमाडौं । कप्तान नेइमारले पेनाल्टीमा गरेको गोलमा ब्राजिलले सोमबार जापानविरुद्धको मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ ।
टोकियोको जापान नेसनल रंगशालामा नेइमारले ७७औँ मिनेटमा गरेको पेनाल्टी गोल ब्राजिलका लागि निर्णायक बन्यो । किरिन च्यालेन्ज कपको नाम दिइएको मैत्रीपूर्ण खेलमा वातारू इन्दोले रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी अवसर पाएको हो । जसलाई नेइमारले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।
प्रतिक्रिया