Pura Samachar

भक्तपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रकाशित: June 6, 2022
पूरा समाचार

भक्तपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली चोकमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

काभ्रे बनेपा नगरपालिका-५ बस्ने ४५ वर्षीय नकुल थापाको मृत्यु भएको उनले बताए।

सोमबार अपराह्न सवा ४ बजे भक्तपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१-००४ क ०५८० नं को दूध बोक्ने ट्यांकरले ठक्कर दिएको हो।

दुबै सवारीसाधन एकै दिशामा जाँदै थिए।

ठक्करपछि स्कुटर चालक थापा गम्भीर घाइते भएका थिए। उपचारको लागि उनलाई नागरिक अस्पताल ठिमी लगिएको थियो।

प्रतिक्रिया