Pura Samachar

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसिया१-१ गोलको बराबरीमा

प्रकाशित: June 7, 2022
पूरा समाचार

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसिया१-१ गोलको बराबरीमा

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियाले युएफा नेसन्स लिगमा पहिलो अंक हात पारेका छन्। बिहिबार १-१ गोलको बराबरी खेल्दै दुबै टोलीले समान १-१ अंक बटुलेका हुन्।

प्रतियोगिताको लिग ए समुह १ अन्तर्गत क्रोएसियामा सम्पन्न खेलमा सुरुवाती अग्रता फ्रान्सले बनायो। खेलको ५२अौं मिनेटमा विसाम बेन यडरको सुन्दर पासमा उत्कृष्ट रन बनाएर एड्रियन राबियोटले फ्रान्सलाई अघि बढाएका थिए।

तर, ८३अौं मिनेटमा घरेलु टोलीले बराबरी गर्‍यो। फ्रान्सका क्लाउसले आन्ड्रेज क्रामरिचलाई बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाई क्रामरिचले बराबरी गर्न सदुपयोग गरेका थिए।

खेल १-१ गोलको अवस्थामा पुगेपछि निकै सुध्रिएको प्रदर्शन गरेको क्रोएसियाले खेल जित्न केहि मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेन। सोही बेला फ्रान्सले पनि प्रतियोगितामा पहिलो जित निकाल्ने मौका खेल फाल्यो।

फ्रान्स र क्रोएसिया दुबैले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए। फ्रान्स घरेलु मैदानमा डेनमार्क विरुद्ध स्तब्ध हुँदा (२-१), घरेलु मैदानमै क्रोएसियाले अष्ट्रियासँग ३-० गोलको फराकिलो हार बेहोरेको थियो।

प्रतिक्रिया