Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: June 7, 2022
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- मंगलबार सुनको मूल्य घटेको छ। सामेबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको हो।

सोमबार ९८ हजार १ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया