Pura Samachar

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग प्रस्ताव समितिमा पठाउन माग

प्रकाशित: June 7, 2022
पूरा समाचार

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग प्रस्ताव समितिमा पठाउन माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग प्रस्ताव समितिमा पठाउन माग गरेको छ।

एमालेले संसद बैठकको अवरोध हटाए पनि सभामुख अग्नि सापकोटाले राणाविरूद्धको महाभियोगको प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएका छैनन्।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा नेकपा एमालेले महाभियोगको प्रस्तावको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।

हामीले किन यो विषयमा ढिलासुस्ती गरिएको छ। यसलाई समितिमा पठाउनुहोस् भनेर सभामुखलाई भनेका छौँ’, एमाले सचेतक शान्ता चौधरीले  भनिन्, ‘सभामुखले टाउको हल्लाउनुभयो, केही जवाफ दिनुभएन।’

प्रतिनिधि सभा नियमावलीअनुसार महाभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफलपछि उक्त प्रस्ताव समितिमा जानुपर्ने हुन्छ। सभामुख अग्नि सापकोटाले २०७८ फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेका थिए। समितिमा अहिलेसम्म महाभियोगको प्रस्ताव पुगेको छैन। यस्तो समितिमा प्रस्ताव पुगेपछि ३ महिना भित्र टुङ्गोमा पुर्‍याउनुपर्ने हुन्छ।

समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरूङ सुवेदी, रामबहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडल र शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।

 

प्रतिक्रिया