Pura Samachar

पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी

प्रकाशित: June 8, 2022
पूरा समाचार

पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी

घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ ।

कोलम्बोमा मंगलबार राति अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो ।

श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।

यस जीतसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया