Pura Samachar

सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा र पदस्थापन

प्रकाशित: June 8, 2022
पूरा समाचार

सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा र पदस्थापन

काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा र पदस्थापन गरेको छ ।

सरुवा हुनेमा प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध मुद्दा लडिरहेका विश्वराज पोखरेल समेत रहेका छन् ।

पोखरेललाई मानवश्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गर्ने निर्णय गरेको छ । सर्वोच्चमा पोखरेलले दायर गरेको रिटमा जेठ ३० मा सुनुवाइ हुँदै छ ।

यस्तै एआईजी रवीन्द्रबहादुर धानुकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ ।

प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट एआईजीमा बढुवा भएका ५ जनालाई पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह लाई  मानवश्रोत विकास विभाग, मुकुन्दराज आचार्यलाई  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिवेश लोहनीलाई  अपराध अनुसन्धान विभाग र अरुण कुमार बिसीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

उत्तमराज सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया